काठमाडौँ – प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी फुटाउने प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


दुई अध्यक्षबीच ११ दिनपछि आइतवार बालुवाटारमा भएको भेटघाटमा दुई अध्यक्षबीचको दूरी घटाउने अनुमान गरिएपनि ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशको विवादपछि दुई सातादेखि सम्वादहीन दुई अध्यक्षबीच शनिवार भेटघाट र आइतवार फोनसम्बाद भएकोमा प्रधानमन्त्री ओलीले सहमतिमा पार्टी विभाजन गर्ने प्रस्ताव राखेको नेकपा उच्च तहका एक नेताले जानकारी दिए ।

अर्का अध्यक्ष प्रचण्डले ओलीको उक्त प्रस्ताव अस्वीकार गरेको जानकारी उनले दिए ।