काठमाडौं । भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


वर्तमान उपाध्यक्ष रहेका भट्टले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।

उम्मेदवारी घोषणा गर्दै भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने बताए । त्यसपछि दोलखामा अर्को वस्ती निमार्णका लागि गहृकार्य गर्ने उनको प्रतिवद्धता छ ।

भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए ।