काठमाडौंँ – काठमाडौंँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनमा रोजगारी गुमाएका मजदुरहरुलाई निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


महानगरपालिकाको बेइजत भएको बताउँदै उनले निःशुल्क खाना खुवाउने कार्यको अविलम्व व्यवस्थित गरि विकल्प गर्न मेयर शाक्यले अभियान्तालाई आग्रह गरे ।
बुधवार पत्रकार सम्मेलन गरी मेयर शाक्यले भने, ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’


ADVERTISEMENT

# # #


यसका लागि महानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास भएकाले यसलाई रोक्नुपर्ने बताए ।