एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) को सुरुवात गरेसँगै उसको डाटा खपतमा उल्लेख्य वृद्घि भएको छ।


ADVERTISEMENT


एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार, एनसेलको डाटा खपत गत वर्षको सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ।


ADVERTISEMENT

# # #


जवकि गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो। डाटा खपतमा वृद्घिसँगै कम्पनीको डाटाबाट हुने आयमा समेत बढेको आजियाटाले जनाएको छ। ‘एनसेलको त्रैमासिक पर्फर्मेन्समा सुधार भएको छ। यसले गर्दा डाटाको आयमा १६.९ प्रतिशतले वृद्घि भएको छ,’ आजियटाको प्रतिवेदनमा भनिएको छ।

यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटाको योगदान १८ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ। एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्।

दोस्रो त्रैमासिक अर्थात अप्रिल देखि जुन (चैत्र १९ देखि असार १६) सम्म तीन महिनामा प्रयोग भएको ६८ लाख जिबीलाई प्रतिमहिनामा निकाल्दा एनसेलका ग्राहकहरुले सरदरमा एक महिनामा २२.६६ लाख जिबी डाटा खपत गर्ने गरको पाइएको छ।

गतवर्ष सोही समयमा प्रतिमहिना हिसाब गर्दा ९ लाख जिबी रहेको थियो। डाटाको ग्राहक संख्यामा भएको वृद्घि, तुलनात्मक रुपमा सस्तिएको डाटा शुल्क, स्मार्टफोनको प्रगोगमा वृद्घि लगायतका कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा रहेको छ। एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन्।

प्रतिवेदन अनुसार यो वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिग्राहक डाटा खपतमा पनि भारीे वृद्घि भएको छ। अप्रिलदेखि जुनसम्मको अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका छन्। गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो।

पछिल्लो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ । यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन्।

एनसेलले जेठ १८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। त्यसपछि सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउदै आएको छ र सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताएको छ।

त्यसैगरी डिजिटल नेपाल निर्माणमा योगदान पु¥याउन इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने र सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्रमा पनि थ्रिजी सेवा पुर्याई कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।