काठमाडौँ – लामो समयदेखि समाजसेवा र राजनीति गर्दै आएका युवा पारुहाङले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् ।


ADVERTISEMENT


नेकपा प्रदेश नं. १ सम्पर्क समन्वय कमिटीका सदस्य तथा भोजपुर–काठमाडौं सम्पर्क मन्चका पूर्वअध्यक्ष समेत रहेका राईले भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित मुस्कान सेवा नेपालमा आश्रित १२ जना बालबालिका स्टेशनरी सामान सहयोग गरेर जन्मदिन मनाएका हुन् ।


ADVERTISEMENT

# # #


जन्मदिनको अनौपचारिक कार्यक्रममा शुभकामना आदानप्रदान गदैं उनले यसरी अनाथ बालबालिकासँग जन्मदिन मनाउदा फरक अनुभुति भैरहेको र सानै भएपनि मुस्कान सेवा नेपालका बालबालिकाको मुहारमा उज्यालो छर्न सकिने विश्वास व्यक्त गरे । जन्मदिन भडकिलो तरिकाले होइन सेवाभावले मनाउन पनि उनले आग्रह गरे ।

सोही कार्यक्रममा प्यारडाईम पब्लिक स्कुलका प्रधानाध्यापक रेजिन श्रेष्ठले एकजना विद्यार्थीलाई प्लस २ सम्म निःशुल्क पढाईदिने घोषणा गरे । मेघा पब्लिकेशन्सका निर्देशक श्रीकृष्ण श्रेष्ठले बालबालिकालाई पुस्तक उपलब्ध गराउने जिम्मा लिए । नागरिक अस्पतालका डाक्टर मनिषा कार्कीले बालबालिकाको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

यस्तै अनु शेरचनले १५ हजार नगद सहयोग गरिन् । मुस्कान सेवा नेपालकी अध्यक्ष एवम् सन्चालक भवानी राई गुरुङले पारुहाङ्ग राईलाई खादा लगाईदिएर धन्यवाद ज्ञापन दिनुका साथै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिइन् । उनले भोलिका दिनमा पनि सहयोगको अपेक्षा राखिन् ।

कार्यक्रममा मुस्कान सेवा नेपालका बालबालिकाले आफनो प्रतिभा प्रस्तुत गरेर रमाईलो प्रदान गरेका थिए ।