काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८०.९५ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १५ लाख १७ हजार ३ सय ४३ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १ हजार २ सय ५४ जना रहेका छन् भने ३४ हजार ९ सय ५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितले ज्यान गुमाएका छन् ।