एजेन्सी – विश्वको शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको चुनावले विश्वको ध्यान तानेको छ ।


ADVERTISEMENT


अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ । बाइडन हालसम्मकै सबैभन्दा बढी भोट पाएर अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित जस्तै बनेका छन् ।


ADVERTISEMENT

# # #


यद्यपि, बाइडन अमेरिकी राजनीतिमा नयाँ नाम भने होइन । उनी २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । जसकारण यसपटक बाइडनको लागि स्वयं निवर्तमान राष्ट्रपति ओबामा भोट माग्दै हिँडेका पनि थिए ।

अमेरिकाको राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्ट्रोल भोट आवश्यक पर्ने भएकोमा बाइडन करीब जीतको नजीक छन् । यद्यपि, उनी राष्ट्रपतिको लागि उम्मेदवार बनेको पहिलोपटक भने होइन । ३२ वर्ष अघि १९८८ मा उनले राष्ट्रपतीय चुनावको प्रत्याशीका रुपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार पनि ठानिएकोमा अन्तिममा भने उनी पछि हट्नु परेको थियो ।

त्यतिवेला उनलाई बेलायति राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेको थियो । सोही कारण उनी राष्ट्रपतीय चुनावबाट पछि हट्नुपरेको थियो ।