काठमाडौँ – ई–सत्यले सिन्धुलीको जुनार ब्लकचेनमा आधारित आपूर्ति श्रृंखला ट्र्याकिंग सफ्टवेयर, एग्रीक्लिअर प्रयोग गरी ट्र्याक गर्ने भएको छ । जुनार आपूर्ति श्रृंखला प्रक्रियालाई पारदर्शी र ट्र्याकेबल बनाउन कम्पनीले पहिलो पाइलट प्रोजेक्टमा जुनार टिपेको मिति देखि ग्राहकहरूलाई पुर्याउने सम्मको जानकारी ट्र्याक गर्न लागेको हो ।


ADVERTISEMENT


यसले जुनारको उत्पादन कहाँ भएको , सहकारीको नाम, टिपेको मिति, वितरकको नाम, प्रशोधन मिति, फूड माईल, प्याक गरिएको मिति जस्ता जानकारी ट्र्याक गर्नेछ । यस पाइलट प्रोजेक्टमा चिसापानी जुनार उत्पादक सहकारी संस्था, सिन्धुलीसँग सम्बन्धित जुनार फार्महरू सामेल छन्। किसान र सहकारीले जुनारको उत्पादन कहाँ भएको, फल विवरण, फार्म नाम, र प्लक मिति जस्ता डाटा रेकर्ड गर्नेछन्। ग्रीन ग्रोथले जुनारको प्रोसेसिंग मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यु आर कोड ट्याग लगाउने छन्। जब उपभोक्ताहरू ग्रीन ग्रोथ मार्फत जुनार अनलाइन खरीद गर्छन, उनीहरुलाई जुनारको साथ आउने क्यु आर कोड स्क्यान गरीआफ्नो मोबाइल फोनमा यी सबै जानकारीहरू हेर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


ग्रिन ग्रोथको  सहकार्यमा ई–सत्यले यो पहिलो ब्याचको जुनार ट्र्याकिंग सुरु गरेको हो । यो पाइलट प्रोजेक्टको लागि जुनार सुपर जोनका कृषि विशेषज्ञले प्राविधिक पक्षमा एग्रीक्लियरलाई सहयोग पुर्याएका छन् भने चिसापानी सहकारीले कृषकहरूसँग जोडिन सहयोग पुर्याइरहेको छ। बाटोले यसको कलाउडमा आधारित जियोस्पाटियल सेवा द्वारा फूड माइल मापन गर्न सहयोग गर्नेछ। फूड माइल कृषि उत्पादनहरुमा एक महत्वपूर्ण मेट्रिक हो किनकि यसले खाना फार्म बाट उपभोक्ताहरु सम्म पुग्ने यात्रा र यसमा लाग्ने खर्चको मापन गर्छ।

नेपालमा जुनारको माग, आपूर्ति, उत्पादन, जुनार कहाँ आपूर्ति हुन्छ, फुड माईल, कहाँ भण्डार गरिएको थियो, वितरक को हुन्, र यस्तै अन्य डाटाको अभाव छ। नेपाली जुनार आपूर्ति श्रृंखला तथ्यांकमा आधारित नभई व्यक्तिगत नेटवर्किंग र अन्तर्ज्ञानमा बढी निर्भर छ। साथै, गुणस्तरको समस्याले नेपाली फलफूललाई विदेशी बजारमा प्रवेश गर्न चुनौतिपूर्ण भएको छ जसले किसानहरूले सम्भावित रूपमा दोब्बर लाभ लिन सक्छन्। २०१२ मा चीन र नेपालले सिट्रस फलहरू चीनमा निर्यात गर्न प्रोटोकलमा हस्ताक्षर गरे पनि यो गुणस्तर नभएको भनि निर्यात गर्न सक्षम हुन भने सकिएन। यसले कृषिजन्य उत्पादनहरूको गुणवत्ता समस्याहरू कम गर्न उत्पादन देखिका जानकारी टिपोट गरेर उत्पादनहरूको गुण राम्रो भएको प्रमाणित गर्ने विश्वास कम्पनीको छ ।