काठमाडौँ – युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ संस्करणको आज अन्त्य हुँदैछ अथार्त करिब दुई महिना प्रतियोगिताको विजेता आज टुंगो लाग्दैछ ।


ADVERTISEMENT


नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुने फाइनलमा साबिक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । चार पटक आइपीएलको ट्रफी उचालिसकेको मुम्बईलाई उपाधि रक्षा गर्ने चुनौति रहेको छ भने आइपीएल इतिहासमा पहलो पटक फाइनलको यात्रा तय गरेको दिल्लीका लागि पहिलोपटक उपाधि जित्दै इतिहास रच्ने अवसर सामुन्ने छ ।


ADVERTISEMENT

# # #


‘हेड टु हेट’मा को अघि ?

आईपीएलमा मुम्बई इण्डियन्स र दिल्ली (२०२०) बीच हालसम्म २७ पटक भिडन्त भएको छ । जसमध्ये मुम्बईल १५ पटक जित हासिल गरेको छ भने दिल्लील १२ पटक मुम्बईलाई पराजित गरेको छ ।

जारी सिजनमा मुम्बईले दिल्ली विरुद्धका ३ वटै खेल जित हात पारेको छ ।

जारी प्रतियोगितामा मुम्बईले हालसम्म १५ खेलमा १० जित हासिल गरेको छ । जबकी दिल्लीले १६ खेलमा ९ वटा जितेको छ । यस पटक फाइनलमा प्रतियोगिताको अंक तालिकामा रहेको दुई शीर्ष टोली पुगेका छन् ।

मुम्बईका खेलाडीको प्रतियोगितामा दबदबा रहेको छ । मुम्बईका ब्याट्सम्यानले जारी संस्करयामा ३० छक्का प्रहार गरेका छन् । जबकी दिल्लीका नाममा ८४ वटा मात्रै रहेका छन् ।

यद्दपी बलिङमा भने दिल्ली बलियो रहेको छ । उसका तीव्र गतिका बलर कागिसो रबाडा (२९) र एन्रिच नोर्त्जे (२०)ले मात्रै ४९ विकेट चट्काएका छन् । भेट्रान स्पिनर रविचन्द्र अश्विनले पनि टिममा राम्रे प्रधाव छोडिरहेका छन् ।

सम्भावित प्लेइङ ११
मुम्बई इण्डियन्स : रोहित शर्मा(कप्तान), क्विन्टन डी कक(विकेटकिपर), सूर्य कुमार यादव, इशान किसान, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कुर्नाल पाण्ड्या, नाथल कोल्टर नायल, राहुल चहार, ट्रेन्ट बोल्ट र जेम्स प्याट्टिसन, जस्प्रित बुम्राह ।

दिल्ली क्यापिटल्स : शिखर धवन, मार्कस स्टोइनिक्स, श्रेयस ऐय्यर (कप्तान), अजिंक्य रहाने, ऋषभ पन्त (विकेटकिपर), सिम्रन हट्मायर, अक्षर पटेल/प्रविन दुबे/हर्सल पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, एन्रिच नोर्त्जे ।