वीरगञ्ज– भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् ।


ADVERTISEMENT


मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो ।


ADVERTISEMENT

# # #


संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हुँदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।

संविधानमा व्यवस्था भएअनुसार नै यसपाली निर्वाचनमा महिला, दलित तथा उत्पीडन समुदायले उम्मेदवार बन्ने मौका पाए र यो संविधानले महिलाको समान अधिकारलाई सुनिश्चित गरेकाले सोमबार मत खसाल्न महिला पनि तम्सिएका छन् ।
यहाँको महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दिए पनि यसपाली उम्मेदवार र दलको ख्रोक्रो आश्वासनमा नपरि विकास गर्ने उम्मेदवारलाई मत खसाल्न घर नजिकै रहेको मतदान केन्द्रमा जाने अलौवासीको सोच छ । “नेताका झूठो आश्वासनको जालोमा धेरै परियो तर अब सोमबार असल र विकासप्रेमी उम्मेदवारलाई भोट हाल्छौँ । वीरगञ्ज महानगरपालिका वडा नं २४ रमघडवाका शेषमन पण्डित भन्छन्, “दुई दशकपछि स्थानीय तहको चुनावमा मत खसाल्न पाएको अधिकार बिहानै मतदान गरी सदुपयोग गर्छौं ।”

चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवार समृद्ध र सवल पर्सा, सडक सञ्जालको विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मत खसाल्ने कुरामा मतदाताबीच विमति भने देखिँदैन ।

यो जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ११२वटा मतदान केन्द्र रहेको छ । दुई लाख ८० हजार २१२ मतदाताले बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदानका लागि सबै व्यवस्था मिलाइसकिएको, सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले पायकपर्ने ठाउँमा मतदान गर्न सहज वातावरण बनेको छ ।

जनप्रतिनिधिविहीन अवस्थामा दुई दशकसम्म विकास हुन नसकेको पर्सा जिल्लामा सोमबार हुने निर्वाचनले विकासको बाटो खोलिदिएको छ ।