रौतहट – रौतहटमा गोली प्रहार गरी एक युवतीको हत्या भएको छ । माधवनारायण ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गएराति सुतिरहेको समयमा गोली प्रहार भएको थियो ।


ADVERTISEMENT


दायाँ कन्चटमा गोली प्रहार भएकोमा राति नै उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


रौतहट प्रहरीले हत्यामा संलग्नको भएको आशंकमा एकजनलाई नियन्त्रणमा लिई प्ररम्भिक अनुसन्धान शुरु गरेको जानकारी गराएको छ ।

अमृताको २०७६ फागुन २५ गते सर्लाहीका रुपेश साहसँग मागी बिहे भएकोमा गत साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।