काठमाडौँ – युएईमा सम्पन्न १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगिता मा सहभागीता जनाएर नेपाली युवा स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किका छन् ।


ADVERTISEMENT


मंगलबार आइपीएलको फाइनस सकिएसँगै बिहीबार बिहान सन्दीप नेपाल आइपुगेका हुन् । यस वर्षको आइपीएलमा सन्दीप आवद्ध टिम दिल्ली क्यापिटल्स फाइनलमा पुगेको थिए । आइपीएल इतिहासमा पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जित्न भने असफल भएको थियो । दिल्लीले मुम्बईसँग ५ विकेटले हारेसँगै उपविजेतामै चित्त बुझाउनु परेको थियो ।


ADVERTISEMENT

# # #


यद्दपी यस वर्ष सन्दीपले आइपीएलका कुनै पनि खेल खेल्ने मौका पाएनन् । यसअघि २ संस्करणमा राम्रो प्रदर्शन गरेका उनले यसपटक बेन्चमै बस्नु पर्‍यो । गत जुलाई अन्तिममा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका सन्दीप त्यतैबाट आइपीएलका लागि युएर्य पुगेका थिए । कोरोना महामारीका कारण यस पटक आइपीएल युएईमा भएको थियो ।

सन्दीप तीन महिनापछि स्वदेश फर्किका हुन् । अब उनले केही साता नेपालमै बिताउने छन् । त्यसपश्चात सन्दीप अष्ट्रेलियाको प्रतिष्ठित बिगवास लिग (बीबीएल)मा सहभागिता जनाउने छन् । बीबीएलको १० औँ संस्करण १० डिसेम्बरदेखि सुरु हुँदैछ ।

यसअघि खेल्दै आएको मेलबर्न स्टार्समा उनको अनुबन्ध नवीकरण नभएकाले सन्दीपले बीबीएलमा यस वर्ष नयाँ टिमबाट खेल्ने सम्भावना रहेको छ ।