काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन युट्युब भिडियो पनि निर्माण गरेको छ ।


ADVERTISEMENT


आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिवृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू अभियान्ता योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन् भने सरोज वलीको ‘रातो वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माको रहेको छ ।

त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ । अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।

यस्तो छ भिडियो :