काठमाडौँ – दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो खेलमा हार ब्यहोरेको छ ।


ADVERTISEMENT


शुक्रबार ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशसँग नेपाल २–० गोलले पराजित भएको हो । बंगलादेशको जितका मोहम्म्द नाबिब नेवाज जिवान र महबुबुर रहमानले १–१ गोल गरे ।


ADVERTISEMENT

# # #


जिवानले पहिलो हाफमा १० औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । सब्सिच्यूड खेलाडीका रुपमा मैदान प्रवेश गरेका रहमानले ७६ औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई जित दिलाए ।

आयोजक बंगलादेशले नेपाललाई सँग पहिलो मा नेपाल पराजित भएको छ ।

आज नेपालका लागि विकास खवास र एरिक बिस्टले डेब्यू गरे । नेपालले दोस्रो तथा अन्तिम खेल आगामी मंगलबार खेल्नेछ । गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसँग खेलेको नेपाल कोरोना भाइरसका कारण करिब १ वर्षपछि मैदानमा फर्किएको छ ।