काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख फेरिएका छन् । शुक्रबार गृह मन्त्रालयले हालका प्रमुख एसएसपी भीमप्रसाद ढकालको सरुवा गरेको हो ।


ADVERTISEMENT


ढकालको सरुवासँगै उनको स्थानमा एसएसपी जनक भट्टराई आएका छन् । यसअघि उनी प्रहरी प्रधान कार्यालय तालीम महाशाखा नक्सालमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


यस्तै ट्राफिक महाशाखाको प्रमुख रहेका एसएसपी ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा गरिएको छ । यसअघि सामुदायिक प्रहरी महाशाखामा एसएसपी केदार ढकाल थिए । उनी भने २ नं. प्रदेश प्रहरी तालीम केन्द्र जनकपुरमा सरुवा भएका छन् ।