काठमाडौँ – बाग्मती प्रदेश प्रहरी तालीम केन्द्र, दुधौली सिन्धुलीका प्रमुख एसएसपी सन्दीप भण्डारीको सरुवा भएको छ । शुक्रबार गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयमार्फत भण्डारीलाई सरुवा गरेको हो ।


ADVERTISEMENT


एसएसपी भण्डारी सरुवा भएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी आएका छन् । उनको स्थानमा बाग्मती प्रदेश प्रहरी तालीम केन्द्र, दुधौलीमा एसएसपी शेभर कोइराला आएका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सरुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयले शुक्रबार ३३ जना एसएसपीको सरुवा गरेको हो ।