काठमाडौँ – चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन्। फेङहेले नेपाल भ्रमणको तयारी गरेको र अर्को साता काठमाडौँ अवतरण हुने सरकारी स्रोतले बताएको छ ।


ADVERTISEMENT


यद्यपि, उनी कहिले नेपाल आउने भन्ने टुंगो लागिसकेको छैन । रक्षा मन्त्री फेङहेले महत्वपूर्ण उच्च राजनीतिक भेटघाट कार्यक्रम रहेको स्रोतले बताएको छ ।
यद्यपि, नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन्।
अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि चीनपिङले नेपाल भ्रमण गरेपछि त्यसयता नेपालमा चीनबाट उच्चस्तरको राजनीतिक भ्रमण भएको थिएन।


ADVERTISEMENT

# # #


चीनको वुहानमा भएको सैन्य खेलकुदमा रक्षामन्त्री ईश्वर पोखरेलले फेङहेसँग भेटघाट गरेकोमा नेपालको निम्तो दिएका थिए । त्यसपछि मन्त्री पोखरेलले औपचारिक भ्रमणका लागि फेङहेलाई पत्र समेत पठाएका थिए ।