काठमाडौँ – विकास बैंकमा अग्रणि गरिमा विकास बैंक १४ औँ वर्षमा प्रवेश गरेको छ । आज बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।


ADVERTISEMENT


१४ औँ वर्षमा प्रवेश गर्दा बैंकले ग्रामिण तथा सहरी क्षेत्रमा सेवा विस्तार गर्दै वित्तीय क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । ‘वित्तीय क्षेत्रमा सबैको पहुँच’ नारासहित सेवा प्रदान गरिरहेको गरिमा आफ्ना सेवाका कारण वित्तीय क्षेत्रमा लोकप्रिय बन्दै गएकोे छ ।


ADVERTISEMENT

# # #


हाल बैंकले १ सय ६ वटा शाखाबाट वित्तीय सेवा दिइरहेकोमा यसलाई अझैँ विस्तार गर्ने योजनामा रहेको बैंकले बताएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ छ । ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल गरिमा विकास बैंकले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्रकान्त बराल र प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले शुभकामना सन्देश जारी गरेका छन् । कोभिडका कारण भच्र्युल माध्यमबाट शुभकामना सन्देश जारी गर्दै बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, नियामक निकाय, सरोकारवालाहरु, कर्मचारी लगायत सम्पूर्णमा धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ ।

बैंकले स्थापना कालदेखि नै गाउँदेखि सहरसम्म ‘वित्तीय क्षेत्रमा सबैको पहुँच’ नारासहित सेवा दिइरहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले भने, ‘सबैको साथले गरिमा विकास बैंक वित्तीय क्षेत्रमा अब्बल बनेको बैंकलाई हामीले गाउँदेखि सहरसमम सेवालाई विस्तार गरेका छौँ ।’  उनले आफ्ना बैंकिङ सेवाहरूलाई विस्तार र पहिस्कार गर्दै जाने बताए ।

 

प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालबाट जारी धन्यवाद तथा शुभकामना सन्देश :

https://fb.watch/1VFoL2PQZj/