विराटनगर – कोरोना संक्रमणबाट उपचारको क्रममा जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको छ ।


ADVERTISEMENT


सप्तरी राजबिराज २ घर भएका देवको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए ।

उनको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको भएपनि अस्पतालले क्लिनिकल्ली कोरोना मृत्यु देखिएको अस्पतालका प्रवन्ध निर्देशक नारायण दाहालले बताए । देव कोरोना रिपोर्ट पोजेटिभ आएपछि दुई सातादेखि नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । उपचारका क्रममा उनको शनिवार राति मृत्यु भएको हो ।