दमौली । नेपाली कांग्रेसका युवा नेता नैनसिँह महरले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहका कारण जनता मारमा परेको बताएका छन् । दुई तिहाई बहुमत पाए पनि नेकपाले जनतालाई धोका दिएको भन्दै देश हाँक्न नेपाली काँग्रेस मात्रै सक्षम रहेको बताएका हुन् ।


ADVERTISEMENT


स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका महरले सत्ताको झगडामा रुमल्लिएर माक्र्सवादी सरकारले जनतालाई मास्क समेत उपलब्ध गराउन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेता महरले आइतबार दमौलीमा स्कुल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारीहरु र जनप्रतिनिधीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘ठूला—ठूला कुरा गर्ने सरकारबाट जनताले सामान्य एउटा मास्क पनि पाएनन्’ अध्यक्ष महरले भने । साथै अध्यक्ष महरले कोरोनाको कहरबाट पीडित जनतालाई राहत दिनु पर्नेमा खर्च भएको बजेटको राम्रोसँग हिसाब —किताब नराखेर भ्रष्टाचार गरेको दावी गरेका थिए । काँग्रेस पार्टीलाई बलियो बनाउन पाटी भित्र भएको आन्तरिक द्धन्द्धको अन्त्य गरिनु पर्ने महरको धारणा रहेको थियो । ‘केन्द्रको आन्तरिक विवाद तल्लो तह सम्म पुग्न लागेको छ त्यसको अन्त्य गरी गुटगट राजनीतिलाई निरुत्साहित गर्नु जरुरी छ ।’ महरले भने । नेता वदमास नभएको महशुस जनता गर्ने गरी काँग्रेसले काम गरे पार्टी बलियो हुने उनले बताए । साथै महरले म म भनेर सबैले गल्तीलाई सञ्चाएर पार्टी बलियो बनाउन लाग्नु पर्ने बताए ।

भेटघाटका अवसरमा गण्डकी प्रदेश सभा सदस्य डोबाटे विकले सरकार जसरी हुन्छ कमाउ धन्दामा लागेकोले काँग्रेसले बोलि दिए हुन्थ्यो भन्ने जनताले सोची रहेको बताएका थिए । धेरै कुराको एजेन्डा पाउँदा पनि काँग्रेसले सशक्त आवज उठाउन नसकेको गुनासो सांसद विकले गरेका थिए । ‘प्रतिपक्षको जुन चरित्र हो त्यो हुन सकेको छैन आवश्यक परे सडकमा आउन पनि पछि पर्नु हुँदैन’ सांसद विकले भनेका थिए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले राज्यको सम्पत्ति कब्जामा लिएको र आफ्नो उपभोक्ता समिति नभए विकास बजेट नदिने काम गरेका बताएका थिए ।

ट्रेड युनियन काँग्रेसका सभापति सुर्यचन्द हड्खलेले तीन दिनको सुत्केरी काठमाडौं देखि धनगढी हिडेर जानु पर्ने वाध्यताको हुनु कम्युनिष्ट सरकारको लाचारी भएको उल्लेख गरेका थिए । काँग्रेसको नेता बनाउने कि पार्टी जोगाउने भन्ने कुरामा गंभिर भएर नाफा र घाटा नगरी सबै जना एक जुट भए बलियो भई आगामी चुनावमा काँग्रेसको सरकार आउने हड्खलेले बताए । स्कुल अफ ड्रेमोक्रेसीका अध्यक्ष डम्बर अधिकारीले संसद आव्हानको लागि काँग्रेसले दबाब दिनु पर्ने बताएका थिए । भेटघाटमा सहभागी अन्यले समेत काग्रेसलाई सशक्त बनाउन स्कुल अफ डेमोक्रेसीले दबाब मुलुक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।