कञ्चनपुर – ग्रामिण क्षेत्रमा आर्थिक सशक्तिकरणका लागि काम गरिरहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले चार शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी संस्थाकी अध्यक्ष भगवती चौधरीले औपचारिक रुपमा शाखा उद्घाटन गरेकी हुन् । शाखा उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणसँग जोड्न माइक्रो फाइनान्सको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले ग्रामिण क्षेत्रमा आर्थिक सामाजिक विकास तथा महिला सशक्तिकरणका लागि माइक्रोफाइनान्सको महत्वपूर्ण भूमिका हुने भएकाले राज्यले यस्ता क्षेत्रमा प्राथमिकता दिएर काम गर्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


‘फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा छरिएर रहेका स–साना पूँजीहरुलाई एकत्रित गर्दै महिला शशक्तिकरणमा जोड दिएको छ । हामी समुदायमा कर्जा प्रवाह मात्र गर्दैनौं, हामीले प्रवाह गरेको कर्जाको सहि सदुपयोग होस भनेर, त्यसको अनुगमन, सुपरिवेक्षण गर्छौं, त्यो भन्दा अगाडी सिपसमेत सिकाउँछौं,’ उनलेले बताइन् ।

संस्थाले महिला सशक्तिकरणका क्षेत्रमा उदाहरणिय काम गर्दै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने चौधरीले बताइन् ।

२०६९ सालमा सुनसरीको दुहवीबाट सेवा शुरु गरेको संस्थाका हाल विभिन्न जिल्लामा गरी ४० बढी शाखा सञ्चालित छन् भने तीन लाख भन्दा बढी महिलाहरु संस्थामा आवद्ध रहेका छन् ।