काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि निको हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख २ हजार ६७ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार यो कुल संक्रमितको करिब ९१ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ९ सय ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ७० हजार ४ सय ५६ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय २९ जना रहेका छन् भने १८ हजार ८ सय ८४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।