काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।


ADVERTISEMENT


पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । सातौँ पटक गरी प्रधानमन्त्री देउवाले आज सिफारिस गरेकालाई मन्त्रीमा सपथ खुवाए उनको मन्त्री मण्डलको सङ्ख्या ५६ सदस्यीय हुने छ ।

यस अघि प्रधानमन्त्री देउवाले भाद्र २६ गते सरकार विस्तार गर्दै ५४ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । रासस