एजेन्सी – कोरोना संक्रमण बढ्दै गएपछि बेलायतले गरेको दोस्रो चरणको लकडाउन अन्त्य गर्ने तयारी गरेको छ । बेलायत सरकारले डिसेम्बर २ पछि देशव्यापी लकडाउन अन्त्य गरी क्षेत्रगत प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसद्मा बोल्दै लकडाउन अन्त्यको तयारी गरिएको जानकारी दिए । उनले क्रिसमसमा घर घरमा मानिस भेट्ने वातावारण समेत मिलाइने बताए । डिसेम्बर २२ देखि २८ गतेसम्म सरकारले भेटघाट गर्न दिने तयारी गरेको हो । यद्यपि, क्रिसमसमा केही प्रतिवन्ध भने कायम राखिने उनले बताए ।


ADVERTISEMENT

# # #