काठमाडौँ – अन्तरिक्ष अन्वेषक टेक्नोलोजी कम्पनी ‘स्पेस एक्स’ तथा अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्ला इन्कका मालिक एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । टेस्लाको शेयर मूल्यमा भएको वृद्धिसँगैँ मस्कले बिल गेट्सलाई उछिनेका हुन् ।


ADVERTISEMENT


मस्कको नेटवर्थ ७ अर्ब २० करोड डलरले बढेर १ खर्ब २७ अर्ब ९० करोड डलरमा उक्लिएको अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस वर्षको अहिलेसम्मको अवधिमा मस्कको सम्पत्ति १ खर्ब ३० करोड डलरले बढिसकेको छ । यो इन्डेक्समा सूचीकृत कुनै पनि व्यक्तिको सम्पत्तिमा देखिएको अहिलेसम्मकै ठूलो वृद्धि हो । जनवरीमा मस्क विश्वका सर्वाधिक धनीको सूचीमा ३५औं स्थानमा थिए ।

यसअघि लामो समयसम्म विश्वकै धनी व्यक्तिको रुपमा राज गरेका गेट्सलाई अमेजनका संस्थापक जेफ बेजोसले उछिनेका थिए ।