काठमाडौँ – उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको ५४ औँ साधारण सभा तथा नयाँ नेतृत्वका लागि हुने चुनाव रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।


ADVERTISEMENT


उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले विधानविपरित महासंघको चुनाव हुन लागेको भन्दै रिट दायर गरेका हुन् ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा चुनाव रोक्नुपर्ने निवेदन दिएपनि प्रशासनबाट सुनुवाइ नभएपछि उनी सर्वोच्च पुगेका हुन् ।


ADVERTISEMENT

# # #


महासंघको ५४ औँ साधारण सभा शुक्रवारदेखि काठमाडौँमा शुरु हुन लागेकोमा सर्वोच्चले सोही दिनका लागि उक्त रिटमाथि पेशी तोकेको छ ।