काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ४० जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ७ हजार ७ सय ९८जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार यो कुल संक्रमितको करिब ९२ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ९ सय ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ९० हजार ५ सय ९ वटा पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा ९२१० वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय ६९ जना रहेका छन् भने १६ हजार ६ सय ३९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितले ज्यान गुमाएका छन् ।