काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कारोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । बुधबार गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिने अर्का युवा क्रिकेटर रोहित रोहित पौडेल रहेका छन् । यस्तै स्टाफ प्रदीप लामालाई पनि कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


मंगलबार कप्तान मल्लसहित १९ जना खेलाडी, प्रशिक्षक र ग्राउन्ट स्टाफको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मंगलबार चारजनाबाहेक बाँकी सबैको रिपोर्टन नेगेटिभ आएको हो ।

कप्तान मल्ले सावधानी अपनाउँदा अपनाउँदै पनि आफूमा कोरोना देखिएका बताएका छन् । उनले कप्तान मल्लले आफूमा कुनै पनि लक्षण नदेखिएको, स्वास्थ्य समस्या नरहेको र बिल्कुदै स्वस्थ रहेको समेत जानकारी दिएका छन् ।

उपकप्तान ऐरीले पनि आफूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि ठीक रहेको बताएका छन् । पोजेटिभ देखिएपछि ऐरी होम आइसोलेसनमा छन् ।

आगामी एकदिवसीय सिरिजको तयारीका लागि खेलाडीको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुँदैछ । कोरोना पोजेटिभ देखिएसँगै उनीहरु बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन् ।

Swabs of Players, officials and ground staffs have been collected yesterday for the Covid-19 Test prior to the national…

Posted by Cricket Association of Nepal-CAN on Wednesday, November 25, 2020