एजेन्सी– अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक समेत रहेका विश्वविख्यात फुटबल खेलाडी ड्योगो म्याराडोना(१९६०–२०२०)को निधन भएको छ ।


ADVERTISEMENT


बुधवार राति उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उनको मस्तिष्कमा रगत जमेपछि केही साता अगाडि मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।


ADVERTISEMENT

# # #


उनले अजेन्टिनाको तर्फबाट ४ वटा विश्वकप खेले भने कूल ९१ खेलमा ३४ गोल गरे ।सन् १९८२ मा २१ वर्षको उमेरमा अर्जेन्टिनाका स्टार खेलाडीको रूपमा म्याराडोना पहिलो पटक चर्चामा आएका थिए। अर्जेन्टिनाले उनको नेतृत्वमा १९८६ को विश्वकप जितेको थियो ।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना खेलमा प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए।

सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो। उनको प्रशिक्षणमा २०१० को विश्वकप मैदानमा ओर्लिएको अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीबाट पराजित भएको थियो ।