झिलझिले – शिवसताक्षी नगरपालिकामा अढाई करोडको लागतमा तालिम केन्द्र भवन निर्माण हुने भएको छ ।


ADVERTISEMENT


गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४ तलाको दुईवटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको हो । एक कार्यक्रमका बिच बुधबार भवनको शिलान्यास गरिएको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले आफ्नो जाय जेथाबाट खरिद गरेको २२ धुर जग्गामा भवन निर्माण हुने भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा अध्यक्ष भद्र दुमी राईले बताए ।


ADVERTISEMENT

# # #


उक्त भवनमा सिलाइ, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने छन् । यो संगै प्रतिष्ठानको जन—सम्पर्क कार्यालय पनि भवनको एक कोठामा रहने छ । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा गौतमका अनुसार २ करोड ५० लाखको लागतमा भवन निर्माण हुने भएको हो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले बनाउने भवनमा शिवसताक्षी नगरमा पहिलो पटक लिफ्ट जडान हुने भएको छ । सेवाग्राही र प्रशिक्षार्थीको सुविधाका लागि भवनमा लिफ्ट जडान हुने भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको उक्त संस्थाले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम बाट २२ धुर जग्गा अनुदान पाएको थियो । सोही जग्गा क्षेत्रमा अत्याधुनिक प्रकृतिको भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको हो ।