काठमाडौं – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता बनेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका कुँवरलाई प्रहरी प्रवक्ता तोकिएको हो ।


ADVERTISEMENT


नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल प्रहरीको प्रवक्तामा कुवेर कठायत थिए ।