काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै सङ्ग्रहालयका लागि सञ्चारसँग सम्बन्धित सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो ।


ADVERTISEMENT


सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सङ्ग्रहालयको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सूचना जारी भएसँगै सङ्ग्रहालयका लागि सामानको खोजी प्रारम्भ अघि बढेको हो । काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन, अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस सङ््ग्रहालय स्थापना गर्न थालेको हो ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिरलगायतका सामग्री रहेका छन् । सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सःशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।