कास्की – आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।