काठमाडौँ – काठमाडौं उपत्यका पछिल्लो १५ महिनामा ईतिहासकै यस्तो ऐना बन्यो, जहाँ ट्राफिक व्यवस्थापनको नजरबाट देशकै राजधानीको सुन्दर रुप देख्न पाईयो । र त्यही कर्मको रथ हाँक्ने ‘श्रीकृष्ण’ थिए – प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल ।


ADVERTISEMENT


एसएसपी ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा सम्हालेको १५ महिने कमाण्डले उपत्यकाको ट्राफिक व्यवस्थापनमा आमुल परिवर्तनको ज्वारभाटा नै ल्याईदियो, ‘काठमाडौंको दुख’ ट्राफिक समस्याले अचुक उपचार पायो । यो बीचमा देश बनेन भन्दै कतै पनि कामै नभएको गुनासो मात्रै गर्नेहरुले आँखै अगाडी साँच्चै गरिएको काम कस्तो हुन्छ भन्ने देखे । अनि जिम्मेवारीमा हुनेहरुले यस्तै आँटे देश पनि बन्न सक्छ भन्ने झल्को समेत पाए ।


ADVERTISEMENT

# # #


कुलमान घिसिङ जस्ले लोडसेडिङ मुक्त गराएर देशलाई नै झलमल्ल गराए । अनि त्यही उज्यालोमा हेर्न लायक ‘व्यवस्थित ट्राफिक’ बनाउँदै एसएसपी ढकालले उपत्यकालाई सहज र सभ्य बनाए ।

विषम परिस्थितीका बाबजुत छोटो समयमा पनि धेरै कामको ‘ट्रेलर’ देखाएर प्रहरी प्रधान कार्यालय सरुवा भएका ढकालले अझै समय पाएका भए यहाँको ट्राफिक अन्तराष्ट्रिय स्तरको हुन्थ्यो की भन्नेहरु पनि छन् । जे होस्, ट्राफिकको ‘हाईवे’मा भीम ढकाल रफ्तारको ‘स्टेरिङ’ हाँक्न अब जो कोही प्रमुखहरुलाई चुनौति भने रहिरहनेछ ।

यस्ता छन् १५ महिने कार्यकालमा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि एसएसपी

ढकालका सम्झन लायक कर्महरु : 

भीभीआईपीको सुरक्षित ट्राफिक व्यवस्थापन

एसएसपी ढकाल ट्राफिक महाशाखा आएको एक महिनामै विश्वकै शक्तिशाली नेता मध्येका एक चीनका राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गरे । उनको २ दिनको काठमाडौँ बसाईमा उपत्यकाका ट्राफिक व्यवस्थापन निकै जटिल हुनसक्ने अनुमान गरिएको थियो । तर, उनी नेतृत्वको टिमले त्यसलाई सहज व्यवस्थापन गर्‍यो ।

यस्तै गत वर्षको कात्तिक २६ देखि २९ गतेसम्म बंगलादेशका राष्ट्रपति मो. अब्दुल हमिदले चार दिने नेपाल भ्रमण गरे । उक्त भ्रमणकाबेला पनि आफ्नो कुशलता प्रदर्शन गर्दै सवारी व्यवस्थापनलाई सहज बनाउन सफल भए ।

यस्तै गत वर्षको डिसेम्बरमा काठमाडौँमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को बेला सवारी व्यवस्थापनको काम निकै चुनौतिपूर्ण थियो । कतिपय खेलहरु त सडक रोकेर सडकमा नै खेलाउनु पर्ने थियो भने रंगशाला आसपास करिब दुई साता सवारी चाप अत्याधिक हुने भएकाले कठिनाई थियो । त्यसको पनि सहज व्यवस्थापन गरे । भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनमा समेत उनले व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गरेर देखाए ।

नेपालका अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुको विभिन्न समयमा हुने भ्रमण र आवत जावत होस् या मेला महोत्सव या विरोध आमसभाका बेला ट्राफिक व्यवस्थापनलाई चुस्त राखे ।

ट्राफिक सचेतनामा छलाङ

एसएसपी ढकालले आफ्नो महाशाखा बसाईमा ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाए । तीन महिने ट्राफिक उज्यालो अभियान कक्षा संचालन गरी १ लाख ३४ हजार ४३ जना व्यक्तिलाई सचेत गराए । जथाभावी बाटो काट्ने पैदलयात्रीलाई बाटोमै सचेतना कक्षा दिने होस् या ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने कुरा होस्, उनी खरो उत्रिए ।

यस अवधिमा ५३ हजार बढी ट्राफिक प्रहरीलाई एक घण्टे सचेतना कक्षा दिए । आम सडक प्रयोगकर्ताहरुलाई सचेतना कक्षाका माध्यमबाट ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी चेतना अभिवृद्धि गर्न उनले विभिन्न अनौठा तर प्रभावकारी उपाय अपनाए । उनले उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा ट्राफिक सचेतनाका प्लेकार्ड बोकेका ५० वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखे । जसले ट्राफिक नियम उल्लंघनका घटना कम गर्न सघाउ पुर्‍यायो ।

विभिन्न सचेतनामुलक गीत बजाउने, ट्राफिक नियमहरु बताउने ट्राफिक डमीहरु राख्नुका साथै उनी दुर्घटना हुन नदिन शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन एसएसपी ढकाल प्रभावकारी देखिए ।

युवाहरूमा ‘हामीविना बर्दीका ट्राफिक प्रहरी हौ’ भन्ने भावना जागृत गर्ने उद्देश्यका साथ उनले ट्राफिक स्वयंमसेवक परिचालनको अभियान लागू गरे । जसमार्फत ९ सय भन्दा बढी युवा विद्यार्थीले सेवा दिए ।

प्रविधिमैत्री ट्राफिक सेवा

ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलंघन गर्ने अवस्थालाई अन्त्यका लागि एसएसपी ढकालले यसका सेवालाई प्रविधिमैत्री बनाउन लागिपरे । उनले ठाउँटाउँमा सीसीटीभी जडान गरे । जसले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्न मात्रै सघाएन, आपराधिक क्रियाकलापको अध्ययन तथा अनुसन्धानका लागि पनि उत्तिकै प्रभावकारी माध्यम बन्यो ।

विगत ९ वर्षदेखि विग्रिएको २४ स्थानका ट्राफिक लाईटहरु मर्मत तथा नयाँ जडान गरी सञ्चालन गरेको तथा सीसीटीभी, गोप्रो क्यामेरा, सर्भिलेन्स भेईकल, ब्रेथलाईजर, लेजर गनहरूको अधिकतम प्रयोग गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड दिए ।

लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए, नभएको वा २ चालक भए, नभएको चेकजाँचको लागि ल्याईएको ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालन, कारबाही कागजपत्र तथा सवारी दुर्घटनाको अभिलेखिकरणका लागि सफ्टवयरको प्रयोग गरेर महाशाखालाई नयाँ उचाईंमा पुर्‍याउन उनले महत्वपूर्ण भूमिका खेले । महाशाखाबाट उपलब्ध हुने सेवालाई पनि प्रविधिमैत्री बनाए ।

लस्ट डकुमेन्ट एप्लिकेसन, लस्ट एण्ड फण्ड भेइकल म्यानेजमेन्ट सिस्टम सञ्चालनपछि सामान्य कामका लागि पनि सेवाग्राहीले कार्यालय नै धाउनु पर्ने अवस्थालाई अन्त्य गर्‍यो ।

आफै यात्रु बनेर अवलोकन

सार्वजनिक सवारी साधनहरुले जाथाभावी रोक्ने, क्षमता भन्दा बढि यात्रु राख्ने, आरक्षण सिटको व्यवस्था नगर्ने, यात्रु प्रतिको दुर्व्यवहार, सरसफाई नगर्ने, बढि भाडा लिने लगायतका विषयमा एसएसपी ढकाल खरो उत्रिए । त्यसका लागि आफै यात्रु बनेर छद्म भेषमा कहिले सार्वजनिक बसमा यात्रा गर्थे त कहिले ट्याक्सीको भाडा दर बुझ्न पुग्थे ।

यस अवधिमा उनले करिब ९ हजार ट्याक्सी चालकलाई विभिन्न मुद्दामा कारबाही गरे । करिब १५ महिने आफ्नो कार्यकालमा उनले ट्राफिक महाशाखाबाट ट्राफिकनियम कार्यान्वयन तर्फ झण्डै ५ लाख वटा सवारी साधनलाई कारवाही गरेर २८ करोड ७१ लाख राजश्व राज्यकोषमा जम्मा गरे ।

जाम कम गर्ने जुक्ति

पछिल्लो समय विभिन्न आयोजनाहरुका कारण काठमाडौँ उपत्यकामा अत्याधिक जाम हुने गर्थ्यो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका रुपमा आउने प्रत्येक प्रहरी अधिकारीका लागि जाम हुन नदिनु टाउको दुखाईको विषय हुन्थ्यो । तर, उनी आउने बित्तिकै रिङ रोडभित्रका सडकहरुको संरचना र प्रणाली अवलोकन गर्दै २ सय भन्दा बढी स्थानमा सुधारका विशेष योजना अघि सारे ।

लामो समयलेखि बिग्रिएका ट्राफिक लाईट मर्मत गरी सञ्चालन गर्ने तथा नयाँ ठाउँमा लाईट राख्ने काम पनि ढकालको प्राथमिकतामा पर्‍यो । लामो समयलेखि बिग्रिएका ट्राफिक लाईट मर्मत गरी सञ्चालन गर्ने तथा नयाँ ठाउँमा लाईट राख्ने कामले पनि प्राथमिकता पायो । महाशाखाको पहलमा नै कोटेश्वरको जाम कम गर्न ४ लेन सडकलाई ८ लेनको बनाउने काम सुरु भएको छ । यसले त्यहाँको ४० प्रतिशत जाम कम हुने आँकलन गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण

विगतको वर्षहरूमा भन्दा आर्थिक वर्ष (आ.व.)२०७६/७७ मा सवारी दुर्घटनामा परि मृत्य हुने संख्यामा ३७.७९ ले कमी आएको महाशाखाले जनाएको छ ।

आ.व.२०७५/७६ मा सडक दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो । जुन आ. व. २०७६/७७ मा १५२ जनामा झरेको छ । चालु आर्थिक वर्षमा सुरुको चार महिनासम्म आइपुग्दा ५० जनाको मात्रै सवारी दुर्घटनाबाट निधन भएको छ ।

एसएसपी ढकालकै नेतृत्वमा ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमती पत्र बनाउनेहरुलाई पक्राउ, भाडाका ट्याक्सीको ठगी नियन्त्रण गर्न व्यापक रुपमा प्रहरी सादा पोशाकमा परिचालन, ट्याक्सीमा सामान छुटेको निवेदनको आधारमा खोजतसाल गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको, आफै बुझाउन आउने ट्याक्सी चालकलाई सम्मान समेत गर्‍यो । दुर्घटना गरी फरार रहेका घटनाको अनुसन्धान र मिलापत्रमा पनि महाशाखा सफल भयो ।

कोरोना महामारीमा प्रभावकारी कदम

विश्वलाई नै प्रभावित तुल्याएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपालमा पनि बन्दाबन्दी घोषणा गरियो । उक्त अवधिमा सवारीहरुको चेकजाँच र आवतजावतमा कडाई गर्न ट्राफिक महाशाखालाई चुनौति थियो ।

तर, महाशाखाले जोरविजोर प्रणाली, निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गराउन ४६ वटा चेकप्वाईन्टहरू राखि चेकजाँच सुरु गर्‍यो । जसमार्फत ३ लाख ३५ हजार ५३ वटा सवारी साधन र ३ हजार ४६९ वटा फर्जी सवारी पास ट्राफिक प्रहरीको नियन्त्रणमा परे ।

यतिमात्रै होइन, महाशाखाले नागरिकहरूको अत्यावश्यक काम तथा विकास निर्माणको काममा सहजीकरण गर्ने व्यवस्था मिलायो । उपत्यकाको मुख्य मुख्य चोकहरूमा विभिन्न स्वास्थ्य सन्देश लेखिएको प्लेकार्ड र फ्लेक्स बोर्डहरू राखेर कोरोनाबारे नागरिकलाई सचेत बनाउन एसएसपी ढकालको नेतृत्वमा महाशाखाले प्रभावकारी भूमिका खेल्यो ।

सामाजिक सञ्जालमा छचल्कियो लोकप्रियता

”महानगरीय ट्राफिक महाशाखामा पन्ध्र महिनाको कार्यकाल पूरा गरी अब प्रहरी प्रधान कार्यालय तर्फ । हृदयदेखि नै आभारी छु सम्पूर्ण सहयोगी र सुभेच्छुकहरू प्रति” भन्दै एसएसपी ढकालले सामाजिक सञ्जालमा विदाईको स्टाटस लेखे । जहाँ उनी र उनको कार्यकालको प्रशंसा, बधाई अनि शुभकामनाको ओईरो नै लागेको छ ।

सर जस्तो काबिल रास्ट्रसेबक जहा भयपनि राम्रो गर्नुहुन्छ । आगामी दिन र नया ज़िम्मेबारी को उदाहरणिय सफलता का लागी शुभकामना छ सर 
तपाईले त्यहा राम्रो गरेको र सङठनकै प्रतिस्ठा श्रीवृध्दी गरेको आम अनुभुति रहेको छ , नया जिम्वेवारिमा नि अझ सफलता मिलोस ।
Traffic Office will miss u very much! U had a very wonderful and successful tenure there!! Wish u all the best in your future career!!!
SSP. Sab ले ट्राफिक प्रमुखको जिम्मेवारीमा रहँदा अति राम्रा र उल्लेख्य काम गरेर आफ्नो कर्तब्यलाई पुर्ण रूपमा पुरा गरेका छन्। कर्तब्य निष्ठ , इमान्दार र कर्तब्य प्रति बफादार एबं सृजनशील प्रहरी अफिसर SSP. भिम ढकाललाई हार्दिक बधाईका साथ आगामी कार्यकालको सफलताको शुभकमना । साथै एस्ता असल अफिसरलाई अझै अगाडी बढाउनु र लौन केही त गरौ भन्ने उत्कट इच्छा एबं अभिलाषाले भरपुर ब्यक्तिलाई उस्को जिम्मेवारी पुरा गर्ने लक्ष्यपुर्ण यात्रालाई बिना अबरोध, स्वोतन्त्र र खुल्ला ढंगले दौडने अवसर प्रदान गर्नु राष्ट्रका निम्ती भलो चाहने हामी सबै पक्ष्यको गहन दाइत्वो हो ।
Congratulations sir! 👏People will always remember you for good effort in those 15 months of tenure. 
उपत्यकाको ट्राफिक ब्यवस्थापनका लागि वर्तमान अवस्थामा हजुरले गर्नुभएको कदमहरु सम्झना योग्य मात्र नभएर सम्मान योग्य छन् ।
अब प्रहरी प्रधान कार्यालयमा पनि उठाउँनु हुँने कदमको लागि अग्रिम शुभकामना हजुर 👏
शुभकामना मामा हजुरले गरेका हरेक कामकाे राम्रो मुल्यांकन भएको छ big saloute 🙏🙏🙏🙏🙏🙏 याे देशलाइ तपाईं जस्ताे मान्छे काे खाचाे छ 🙏🙏🙏💞💞💞

as a traffic police chief you have done well reform. again i hope you will done same heartly 

congratulations
महानगरीय ट्राफिक महाशाखामा रहँदा यहाँको काम असाध्यै उपलब्धिमुलक रहयो । ट्राफिक नियम सम्बन्धि विभिन्न रोचक र रचनात्मक काम भए । छोटो समयमा पनि निकै महत्त्वपूर्ण र उपलब्धिमुलक काममा यहाँको सक्रियता सबैका लागि स्मरण रहिरहने छ । निकै सरल स्वभाव अनि असल ब्यक्तित्व सर अबको यात्रा सफल रहोस् शुभ रहोस् हार्दिक शुभकामना ।👏🙏🎊🎉
To be honest, never before have I seen a police officer so dedicated, hard-working – and yet still tenacious at the same time. You’re an inspiration to the police organisation. Great job Bhim sir! 
एउटा अत्यासलाग्दो परिवेशका बीच ट्राफिक व्यवस्थापनमा तपाईंले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय छ, सँधै यस्तै सफलता प्राप्त होस् शुभकामना । 
महानगरीय प्रहरी महाशाखामा हजुरको कार्यकाल ऐतिहासिक र पूर्ण रुपमा सफल भयो आगामी दिनहरु पनि यस्तै शुभ र सफल रहोस भन्ने कामना गर्दछु ।।  
वेहत्तर एंम निस्कलंक ट्राफिक प्रमुखको जीम्मेवारी पुरा गर्नु भएकोमा हजुरलार्इ धेरै धेरै वधार्इ तथा आगामी कार्यकाल यसै गरी सफलता पूर्वक वितोस शुभकामना दाजु ।  
Outstanding initiatives were taken proactively in your tenure sir. you did your job in a very critical time most probably after 2046 people s movement period, now because of pandemic.long lockdown,odd even management were really tough. in this adverse situation you have done excellent jobs some are traffic light reinstallation after a long time, dummy traffic with creative idea, bypass ideas and infrastructure development initiative in most chronic areas in koteswor and many more.general people are openly appreciating your leadership.
congratulations and best wishes
Hajur lai dherai subhakamana daju ..hajur ko pragati sunda khusi lagchha ..hajur jasto aafno kaam ko samman gari desh ko sewa garni bekti ..desh lai chahinchha daju hajur 
हार्दिक बधाई तथा सफल कर्यकालको शुभकामना । चाडै आइ जि पि भएको देख्न पाइयोस। मन देखिको शुभकामना सर हजुरलाइ।