काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागी मतदान हुँदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।


ADVERTISEMENT


जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदै छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पुर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफुले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मत पाउदाँ समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउदाँ सिङ्गो टिम नै निर्वाचीत हुनेमा ढुक्क देखिन्छन् । बहुमतले चुनाव जित्ने दाबी प्रधान पक्षको छ ।

यता जिल्लानगरमा राम्रो प्रभाव भएका पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ पाएका ढकाल पक्ष आफू चुनाव जित्नेमा ढुक्क छ । लामो समयदेखि महासंघमा आफ्नो बलियो प्रभूत्व जमाएका चण्डीराजको साथले ढकालले राम्रो नतिजा हाँसिल गर्ने अनुमान गरिएको छ । ढकाल समुहले गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशबाट राम्रो अपेक्षा गरेको छ ।

मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले तयारी पुरा भएको जानकारी दिएको छ ।