पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनोरञ्जनात्मक व्यवसाय डान्स तथा डिस्को बार, सांगीतिक क्लब, दोहोरी सेन्टरहरु खोल्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषदको अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनोरञ्जनात्मक व्यवसाय पनि खुला गर्नुपर्ने बताए ।


ADVERTISEMENT


भिड नगरीकन व्यवस्थित ढंगले यस्ता व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण रोक्न भनेर सरकारले गत वर्ष चैतदेखि देशव्यापी लकडाउन गरेको थियो । असारमा लकडाउन खुकुलो गर्दैै सरकारले साउनपछि लकडाउन अन्त्य गरिसकेको छ । सरकारले रोकिएका परीक्षा सञ्चालन गर्न शुरु गरिसकेको छ भने विद्यालय खोल्न प्रदेशलाई नै जिम्मेवारी सुम्पिसकेको छ । तर गत चैतदेखि बन्द सिनेमा हल, जिमखाना, डान्स बार, पार्टी प्यालेस, दोहारी जस्ता ब्यवसाय अझै औपचारिक रुपमा खुलेका छैनन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल, रेस्टुरेन्ट खुला गर्ने निर्णय भए पनि बढी भीड लाग्ने व्यवसाय बन्द नै छन् । व्यवसायीहरुले मनोरञ्जनात्मक व्यवसाय पनि खोल्न दिन अनुरोध गर्दै सरकारलाई गुहारेका छन् ।