बाजुरा– बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले बाजुराका एघार गाविसमा हिमपात भएको छ ।


ADVERTISEMENT


मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्डमा भारी हिमपातसंगै वर्षा भएकाले कोल्टीसम्म चल्ने सवारी साधनसमेत ठप्प भएका छन् ।
हिमपात र पानी परेकाले स्थानीयवासीलाई दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटालगायतका दहकोट मानाकोट आटिचौर गाविसमासमेत प्रभावित भएको त्यहाँका बासिन्दाले बताएका छन् ।

हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रालगायतका पर्यटकीय सम्भावना बोकेका डाँडाहरु सेताम्मे भएका छन् ।