क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान उनले सामाजिक सञ्‍जालमार्फत उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।


ADVERTISEMENT

# # #


आफू छिट्टै निको भएर मैदानमा फर्किने पनि उनले बताएका छन् ।