बुटवल – प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) हरि बहादुर पालले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


अपराध अनुसन्धान विभागका प्रमुख समेत रहेका एआईजी पालले बलियो शान्ति सुरक्षा र प्रहरी कर्मलाई इमान्दारिताका साथ प्रभावकारी ढंगले अघि बढाउन तालिम केन्द्रमा निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले संघीय प्रहरी ईकाई कार्यालय, लुम्बिनी तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी, रुपन्देही, र कपिलवस्तुका कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकारीहरुलाई नेपाल प्रहरीको गरिमा राख्ने गरी कर्तव्यमा अघि बढ्न निर्देशन दिएका हुन् ।