काठमाडौँ – उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि शनिवार विहान ८ बजेबाट सुरु भएको मतदान साँझ चार बजे सकिएको थियो।


ADVERTISEMENT


मतदान सकिएपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका सिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएकोमा मतगणना शुरु भएको छ ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन अधिकृतका उपेन्द्र केशरी न्यौपानेका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको थियो ।

महासंघको निर्वाचन समितिका अनुसार जिल्ला र नगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खसेको थियो।

महासंघको विभिन्न पदमा १सय २७ चुनावी प्रतिस्पर्धामा रहेकामा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्धय ढकाल र किशोर प्रधान आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

मतगणना शुरु भएकोमा राति १२ बजेसम्म चुनावको नतिजा सार्वजनिक हुने प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताए ।