काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको वस्तुगत १४ केन्द्रिय सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल समूहका सात सात जना विजयी भएका छन् ।


ADVERTISEMENT


प्रधान समूहबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ अन्तर्गत रहेका अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै ढकाल समूहका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ अन्तर्गत रहेका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका हुन् ।

हेर्नुहोस् विजयी सदस्यहरु

नरेश लाल श्रेष्ठ ७२
सुमित कुमार केडिया ६६
आकाश अधिकारी ४९
प्रकाश सिंह कार्की ५७
भक्त बहादुर हमाल ६२
सुबोध कुमार गुप्ता ५५
हेमराज ढकाल ५५
अरनिको राजभण्डारी ६४
गोबिन्द ढुंगेल ५०
मनिष लाल प्रधान ६०
मीनमान श्रेष्ठ ६७
विष्णु प्रसाद गैरे ५१
सन्दिप कुमार अग्रवाल ५१
सुकुन्तलाल हिराचन ५५