काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल ५४.२६ प्रतिशत मतका साथ विजयी भएका छन् ।


ADVERTISEMENT


उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित भएको रक्सारक्सीका साथ सम्पन्न चुनावमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र ५ पूर्वअध्यक्षको असहयोग प्राप्त गरेका ढकालले प्रधानलाई पराजित गर्दै आगामी नेतृत्वका लागि अध्यक्ष सुरक्षित गरेका हुन् ।
यसैगरी शनिवार राति सम्पन्न महासंघको निर्वाचनमा वस्तुगततर्फको र जिल्ला नगरतर्फ प्रधानपक्षकै तथा एसोसिएट्स तर्फ ढकाल पक्ष विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


पटक पटक सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसक्दा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्धय ढकाल र किशोर प्रधान आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धा गरेका थिए । जिल्लानगर, वस्तुगत र एशोसिएट गरी तीनवटै संघबाट सतप्रतिशत मत खसेकोमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका हुन् ।