काठमाडौं – ढुंगेधारामा चोकमा शनिबार साँझ लायन्स क्लब वनस्थलीले कोभिड सचेतना कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई माक्स तथा स्यानिटाइजर वितरण गर्दै संस्थाले कोभिडबाट बच्ने उपायबारे बताएको हो । कार्यक्रममा लायन्स क्लब काठमाडौं, सेन्ट्रलभ्याली, वनस्थलीका अध्यक्ष विदुर अधिकारी, उमेश सापकोटा, शहदेव बस्नेत, लक्ष्मी सापकोटा, कृष्णप्रसाद निउरेलगायतको सहभागिता थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा पाँच सयभन्दा बढी सर्वसाधारणलाई कोभिड सचेतनासहित स्वास्थ्य सामग्री वितरण गरियो । आगमी दिनमा समेत जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अध्यक्ष अधिकारीले बताए ।