झापा – सिद्धार्थ ग्रुपले झापास्थित बिर्तामोडमा सिद्धार्थ ग्राउन्ड सिटी होटल सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सिद्धार्थ ग्रुपले ५१ वटा सुबिधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टप सहित ५ वटा रेष्टुरेण्टसहित तीन तारे होटल सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


पश्चिम कैलाली टीकापुरबाट हस्पिटालिटी व्यवसाय शुरु गरेको सिद्धार्थले पूर्वको पर्यटन क्षेत्रलाई मध्यनजर गरी सेवा विस्तार गरेको बताइको छ ।

देशका विभिन्न स्थानबाट हस्पिटालिटी सेवा दिइरहेको सिद्धार्थ ग्रुपले पूर्वका पर्यटकीय स्थल पाथीभरा, कञ्चजङ्गादेखि ईलामको चिया बगानसम्म सेवा सञ्चालन गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।