काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पौडेलप्रतिको दुर्व्यवहार आपत्तिजनक रहेको भन्दै सरकारको अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

उनले नेता पौडेललाई रिहाई नगरे देशव्यापी प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार बस्न चेतावनी समेत दिएका थिए । चौतर्फी विरोधपछि नेता पौडेल रिहाई भइसकेका छन् ।

बुधबार व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।