काठमाडौँ – कोभिडको संक्रमण देखिएपछि गत वर्ष माघदेखि चीनले उत्तरी नाकामा अघोषित नाकाबन्दी गरेको छ । कोभिडको कारण देखाउँदै बन्द नाका पहिरोका कारण अवरुद्ध हुँदा जेठसम्म खुल्न सकेको थिएन । गत जेठमा दुई पक्षबीच सम्झौता भई नाका खुल्ने निर्णय भएपनि हालसम्म पूर्ण रुपमा नाका खुल्न सकेको छैन ।


ADVERTISEMENT


कोभिड अघि दैनिक सय कन्टेनर सामान उत्तरी नाकाबाट भित्रिने गरेकोमा हाल मुश्किलले ५ वटासम्म कन्टेनर मात्र सामान आयात हुने गरेको छ । पहिले नेपाली कन्टेनर सिमा पारि गएर सामान ल्याउने गरेकोमा हाल चिनियाँ कन्टेनरले नै सिमावारिसम्म सामान छाडिदिने गरेका छन् । चिनियाँ कन्टेनरबाट सामान आयात गर्दा दसौँ गुणासम्म भाडा बढेको र बढी भाडामै पनि सिमा अवरुद्धका कारण सामान आयात गर्न नसक्दा व्यापारीहरुले तेस्रो मुलुकसँगको व्यापारीक सम्बन्ध बढाएका छन् ।


ADVERTISEMENT

# # #


सिमा बन्दपछि थुप्रै व्यवसाय धरासयी भई व्यवसायीहरु विस्थापित हुन पुगेकोमा अरुले अन्य देशसँगको व्यापारिक सम्बन्ध बढाएको नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल बताउँछन् । उनका अनुसार चीनसँग व्यापार गरिरहेका व्यवसायीले हाल भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशसँग कारोबार बढाएका छन् ।

उनको यो भनाइलाई भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो ४ महीनाको तुलनामा यस वर्ष चीनसँगको द्धिदेशीय व्यापार २० अबले घटेको छ ।

नाकाबन्द हुँदा व्यवसायीहरुले चीनको विकल्प खोज्न थालेपनि उनीहरुले पहिलो प्राथमिकतामा भने चीनसँगकै कारोवार राखेका छन् । अन्य देशको भन्दा सस्तो सामान पाइने भएकाले व्यवसायीहरुले चिनियाँ सामानको मोह छाड्न नसकेका हुन् । चीनबाट कस्मेटिक र रेडिमेट गार्मेन्टका सामान आयात गरिरहेका व्यवसायी नयनबहादुर पण्डित क्षेत्री चिनियाँ नाका बन्द भएपछि सामुद्रिक बाटो हुँदै भारतीय नाकाबाट सामान आयात गरिरहेको बताउँछन् ।