काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डन्डाबाट पेलिएका आफ्ना करङको दुखाइ बढ्दै गएको बताएका छन् । उनलाई हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT


बुधवार तनहुँमा नेता पौडेलले पुल उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु आई विवाद गरेपछि विवाद बढ्दै गएर जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । तर पौडेलसहितका नेताहरुले निषेधाज्ञा पालना नगरी पुनः पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


पौडेललाई प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो। बिहीवार सामाजिक सञ्जालमा पौडेलले पुलिसको डण्डाबाट पेलिएका आफ्ना करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आएको बताएका छन् ।

उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो?’