काठमाडौँ – नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन्।

पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।


ADVERTISEMENT

# #


यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै उनी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुगेकी हुन्।