काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयंशंकरले नेपालसँगका समस्या समाधान भइसकेको बताएका छन् । भारतीय पत्रिका द हिन्दूमा अन्तरवार्ता दिँदै उनले केही विषयमा नेपाल भारतबीच समस्या रहेकोमा विगत केही सातादेखि नेपालमा भएका भारतीय उच्च अधिकारीको भ्रमणले नेपालसँगको सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भएको बताए ।


ADVERTISEMENT


समस्या नभएका छिमेकी मुलुक नहुने बताउँदै उनले दुई देशबीच आफ्नै राजनीतिक समस्या भएपनि अन्तरदेशीय समस्या समाधान गरेर अघि बढ्ने समझदारी भएको बताएका छन् । द हिन्दुका लागि पत्रकार सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा जयशंकरलाई नेपालको संविधान जारी भएपछिदेखि सुरु भएको समस्या, नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएको र त्यसमा भारतको असहमति देखिए पनि पछिल्ला दिनमा भारतीय अधिकारीहरूले धमाधम नेपाल भ्रमण गरेको विषयमा प्रश्न गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


उक्त प्रश्नको जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले दुई देशबीचका समस्याको साझा विन्दू पत्ता लगाएर सम्बन्ध सुधार्ने प्रक्रियामा दुबै देशबीच समझादारी भैसकेको अभिव्यक्ति दिएका छन् ।

भारतले गत नोभेम्बरमा जम्मु काश्मिर र लद्दाखलाई अलग केन्द्र शासित राज्यका रूपमा उल्लेख गर्दै नयाँ नक्सा जारी गर्दा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेको थियो । त्यसको केही महीनापछि नेपालले पनि लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यक्रममा प्रकाशित भइसकेको उक्त नक्सा हटाउन लगाएका थिए ।