रौतहट – रौतहट हत्याकाण्डका फरार प्रतिवादी राजपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय मो. महताव आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


२ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहट बौधीमाई नगरपालिका–७ बड्की पक्राउ गरेको हो । २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस–४ हाल राजपुर नगरपालिका-४ स्थित शेख इद्रिशको गोठ घरमा विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट भएको थियो । उक्त विष्फोटमा परी पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुत समेत १५–१६ जना घाइते तथा २–३ जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


मृतक तथा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगि जलाईएको घटनामा संलग्न रही आलम फरार रहेका थिए । प्रारम्भिक अनुसन्धानमा महतावले आफ्नो दाइ मो. अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखि इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।